काठमाडौं, फागनु १४
संखुवासभा जिल्लाकै सम्पूर्ण शेर्पा समुदायको नेतृत्व भएको संस्था 'शेर्पा किदुक संखुवासभा' द्वारा आयोजित २१४५ औं 'सा फो खि ल्हो ल्होसार-पिकनिक' भव्यताका साथ सम्पन्न भएको छ। फागुन १२ गते रामनगर पार्टी भेन्यु - रामहिटी कपनमा भएको कार्यक्रममा लगभग एक हजार पचास जनाको उपस्थिति थियो। संस्थाको महासचिब निमु शेर्पाले कार्यक्रमलाई अगाडी बढाउदै सम्पुर्ण उपस्थित माहनुभावहरुलाई अध्यक्ष श्री पासाङ फुर्बा शेर्पाले ल्होसारको शुभकामना दिदै कार्यक्रममा स्वागत गर्नुभएको थियो । उपस्थित सबैलाई नेपालकै पहिलो डि.जे.-डि.जे.तेन्जिङले आफ्नो संगीतले साढे ३ घण्टासम्म मज्जाले नचाउनु भएको थियो। कार्यक्रम सञ्चालन इम्सी जाङ्मु शेर्पाले गर्नुभएको थियो। साथै सक्रिय समाजसेवी एवम् राजनीतिज्ञ पसी शेर्पा र कामा छिरिङ शेर्पाको नेतृत्वमा तीनवटा र संस्थाका कार्यसमिति सदस्य दावा छेद्दरको नेतृत्वमा एकवटा गरी कार्यक्रममा जम्मा चारवटा साँस्कृतिक स्याब्रु नृत्य प्रस्तुत गरियो। गायक फुर्छेत्तर शेर्पा र आङ दावा शेर्पाका साथै याङ्जी शेर्पा र जाङ्मु ईन शेर्पाले पनि क्रमशः गीत र नृत्य प्रस्तुत गरी सबैलाई मनोरञ्जन गराउनु भएको थियो। समय अभावले कार्यक्रममा धेरै इच्छुक सहभागिले आफ्ना कला प्रस्तुती देखाउन नपाउँदा केहि खल्लो भएको थियो। कार्यक्रममा स-साना भाइ-बहिनीलाई अनुहारमा चित्र बनाइ फेस पेन्टिङ कलाकार फुर्तेन्जी शेर्पाले मनोरञ्जन दिएको थियो। सबै उमेर समूह समेट्ने गरी तयार पारिएको कार्यक्रम सबैले रुचाएको देखिन्थ्यो ।
कार्यक्रमलाई सफल पारिदिनमा धेरै ब्यत्ती संघ संस्थाको सहयोग र समर्थन रहेको छ भने स्वयम् कार्यसमितिका पदाधिकारी र नेतृत्वको मेहेनतलाई पनि नकार्न सकिदैन । कार्यक्रममा राखिएका पुरस्कारहरुको प्रायोजन विभिन्न व्यक्ति तथा संघसंस्थाले गरेको थियो।
प्रथम पुरस्कार -(आइफोन ७ प्लस- १२८ जिबी) को राशी पूर्व मानानीय पासाङ शेर्पा (मकालु), श्री मिङ्मा गेलु शेर्पा (मकालु) र सेभेन समिट ट्रेक्स् प्रा.लि.(कपन) ले प्रायोजन गरेको हो। त्यस्तै दोश्रो पुरस्कार -(सामसुङ ग्यालेक्सी ए ७ प्रो) को राशी श्री पासाङ तेण्डी शेर्पा (याफु) ले प्रायोजन गरेका हुन्। तेश्रो पुरस्कार (कैलाश नेपालबाट किनमेल गर्न सकिने भौचर) राशी पायोनिअर एड्भेन्चार ट्रेक्स प्रा.लि.-(काठमाडौं) र सन्त्वना पुरस्कार कपन स्पा (सगरमाथा चोक)ले गरेका हुन्। प्रथम पुरस्कार विजेता मकालु गाउँपलिका २ का पेछुम्बे शेर्पा हुनुभयो। उहाँले पुरस्कार पाए लगतै स्वेच्छाले ४० हजार रुपैयाँ संस्थालाई नै सहयोग गर्ने घोषणा गर्नुभयो। यसैगरी मकालु गाउँपालिका १ का सोनाम रिन्जी शेर्पाले दोश्रो पुरस्कार हात पार्नुभयो। तेस्रो पुरस्कार शिद्धकाली ५ का सन्जय शेर्पा र अन्य चार जनाले सान्त्वना पुरस्कार पाउनु भएको थियो ।
साथसाथै यही दिन कार्यक्रममा अधिकतम् जिल्लाबासिको उपस्थितिलाई मध्य नजर गरी संस्थाको वेब साइट सार्वजनिक(web site lunch) पनि गरेको थियो ।१५ पटक विश्व रेकर्ड बनाई सकेका संखुवसभा जिल्लाबासी थानेस्वर गुरागाईले कार्यक्रमको फोटो र भिडियो खिची सहयोग गरिदिनु भएको थियो ।