ईमेल सम्पर्क : sherpakiduksankhuwasava@gmail.com

सूचना तथा समाचारहरु

१३औं बार्षिक साधारण सभा र च्याक फो चिवा ल्हो २१४७ ग्याल्पो ल्होसार पिकनिक कार्यक्रम सम्पन्न
10 Mar

१३औं बार्षिक साधारण सभा र च्याक फो चिवा ल्हो २१४७ ग्याल्पो ल्होसार पिकनिक कार्यक्रम सम्पन्न

२५ फाल्गुन २०७६,

शेर्पा किदुक संखुवासभाको १३औं बार्षिक साधारण सभा र च्याक फो चिवा ल्हो २१४७ ग्याल्पो ल्होसार पिकनिक रामनगर पार्टी भेन्यू - कपन, काठमाडौंमा गत शनिबार भव्य रुपमा सुसम्पन्न भयो । कार्यक्रममा विभिन्न संस्थाको प्रतिनिधि, समाजसेवीका साथै देश विदेशबाट पनि जिल्लाका शेर्पाहरु कार्यक्रमलाई सफल बनाउन र उल्लाशका साथ ल्होसार मनाउन लगभग ९०० जना जतिको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व यसै संस्थाको अध्यक्ष श्री पासाङ फुर्बा शेर्पाज्यूले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथी संस्थाकै संस्थापक अध्यक्ष तथा मानर्थ सदस्य श्री पासाङ शेर्पाज्यू रहनु भएको थियो । कार्यक्रमको सन्चालन महासचिव निमु शेर्पाज्यूले गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष शान्ता शेर्पाज्यूले स्वागत मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो । यसै गरी सचिव पुर्ण शेर्पाज्यूले संस्थाका सबै गतिबिधी र आर्थिक अवस्थाको प्रतिबेदन प्रस्तुत गरी सबै सामु संस्थाको अवस्था र पारदर्शितालाई प्रस्तुत गर्नु भयो ।संस्थाको काम र पारदर्शिता देखेर मकालु २, हाल क्यारलिफोर्निय सोनोमा, संयुक्त्त राज्य अमेरिका बस्नु हुने श्री आङ दावा शेर्पाज्यूले तत्काल संस्थालाई थप रु १,४९,५००/-(अक्षेरेपी - एक लाख उन्नचास हजार पाँच सय रुपैयाँ मात्र) सहयोग गर्ने घोषणा गर्दै भबिष्यमा पनि निरन्तर आवश्यकता अनुसार सहयोग गर्ने वचन दिनुभएको थियो । कार्यक्रममा, संस्थामा विभिन्न सदस्यतामा आवद्ध हुनु भएका सदस्यहरुलाई धन्यवाद सहित प्रमाण पत्र वितरण गरियो। बार्षिक साधारण सभाको अन्तमा सबै सल्लाहकारहरुको सल्लाह, सुझाव र सहमतिमा यही कार्यसमितिलाई नै पुन: एक कार्यकाल काम गर्न जिम्मेवारी दिएको थियो ।

 

हरेक साल झैं यस साल पनि यसै जिल्लाका विभिन्न शैक्षिक तहका शेर्पा विद्यार्थीहरुलाई छात्रबृती रकम प्रदान गरेका थियौ । जसमा माध्यमिक शिक्षा परीक्षा तहका परीक्षामा उत्कृष्ट अंक ३.९ GPA ल्याउने पेम छेतर शेर्पा - चैनपुर ३, संखुवसभालाई "शेर्पा किदुक संखुवसभा छात्राबृती" रु. दस हजार(१०,०००/-) प्रदान गरेको थियो । साथै यसै संस्था मार्फत समाजसेवी श्री पासाङ तेन्डी शेर्पाज्यूले दिदै आउनुभएको उच्च माध्यमिक शिक्षा तहको छात्राबृती रकम छात्रा तर्फ सुश्री डोमा शेर्पा - मादी ३, संखुवासभा CGPA ३.०४ ले र छात्र तर्फ लाक्पा रेन्जी शेर्पा - मकालु १, संखुवासभा CGPA ३.४६ लाई क्रमश: नगद रु. पन्ध्र-पन्ध्र हजार (रु १५,०००/-) सहित प्रंशसापत्र दाता मार्फत प्रदान गरिएको थियो ।

 

कार्यक्रममा विश्वको ८००० मिटर भन्दा अग्ला १४ वटै हिमशिखर सफलता पूर्वक आरोहण गर्ने तेश्रो नेपाली मकालु १, संखुवासभाका श्री सानु शेर्पा र सबै भन्दा छोटो समय (६ घण्टा १ मिनेट)मा सगरमाथा र ल्होत्से दुबै हिमालको आरोहण गरी विश्वा किर्तिमान राख्न सफल भएका मकालु २, संखुवसभाका श्री मिङमा दोर्ची शेर्पालाई बधाई सहित प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो ।

                                

कार्यक्रमको सांस्कृतिक भागको शुरुवात समाजसेवी कामाछिरिङ शेर्पाको नेतृत्वमा आएको सामुहिक स्वागत गीत र नृत्यले गरिएको थियो भने उपस्थित सम्पूर्णलाई नेपालकै पहिलो DJ- डि जे तेन्जिङले नचाएका थिए ।

कार्यक्रमलाई अझ रोमाञ्चक बनाउन सेभेन समिट ट्रेक्स प्रा.लि.(Seven Summit Treks Pvt. Ltd.) ले iphone 11 - 128GB को प्रायोजन गरेको थियो, जसको भाग्यशाली विजेता कुपन न २०९ सिलिचोङ ५ संखुवासभाका दावा छिरी शेर्पा भएका थिए ।

कार्यक्रममा उपस्थित सबैले विभिन्न प्रतिकूल परिस्थितिमा पनि कार्यक्रमको प्रस्तुती र उपस्थिती हेरेर प्रशंसा गरेका थिए। कार्यक्रमको अन्त्यमा संस्थाको अध्यक्षले कार्यक्रमलाई सफल पर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगिहरुलाई संस्थाको तर्फबाट धन्यवाद दिनुभएको थियो ।