26Nov
कार्यसमिति फेरबदल भएको सम्बन्धमा
(मंसिर २०७७,काठमाडौं) यस संस्थमा एक कार्यकाल आफ्नो जिम्मेवारी सफलता पूर्वक पुरा गरि दोस्रो कार्यकालको लागि पुन: नियुक्त हुनु भएका महासचिव निमु शेर्पा ज्यू(चैनपुर २, संखुवासभा) आफ्नो समय अभावका कारण संस्थामा समय दिन हाललाई असमर्थ भएको औपचारिक जानकारी हामी कार्यसमिती समक्ष पेश गर्नु भएको छ र उहॉंको स्थानमा पूर्ण शेर्पाज्यू(पॉंचखपन ९, संखुवासभा)लाई नियुक्त गरिएको छ यस्तै गरि सचिवमा दावा साङ्गे शेर्पा(मकालु २, संखुवासभा)लाई नियुक्त गरिएको पनि सम्बन्धित सबैमा जानकारी गराउन चाहान्छौं। निमु शेर्पाज्यूलाई अहिले सम्मको योगदानको उच्च सम्मनका साथ धन्यवाद दिदै निरन्तर साथको पनि अपेक्षा गरिएको अनुरोध गर्दछौं भने नवनियुक्त महासचिव र सचिव ज्यूलाई सफल कार्यकालको शुभकामना दिन चाहान्छौं।