Email Us : sherpakiduksankhuwasava@gmail.com
26Jun

12th AGM of SKS

आषाढ २०७६,

काठमाडौ,

         शेर्पा किदुक संखुवासभाको बाह्रौं वार्षिक साधारण-सभा आषाढ १० गते मंगलबार सफलता पुर्वक सु-सम्पन्न भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष पासाङ फुर्बा शेर्पाको सभापतित्वमा गरिएको थियो ।  प्रमुख अतिथीमा यसै संस्थाको संस्थापक-अध्यक्ष साथै मानार्थ सदस्य एवम् पूर्व सभासद पासाङ शेर्पाज्यु हुनुहुन्थियो भने अतिथीमा संस्थाका सल्लाहकार र संरक्षकहरुलाई आशान ग्रहण गरएका थियौ । नेपाल बन्दको प्रभावले कार्यक्रममा सदस्यहरुको उपस्थितमा भने केहि मात्रामा असर पारेको देखिन्थियो ।  कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष मिङमा शेर्पाले स्वागत-मन्तव्यद्वरा स्वागत गर्दै कार्यक्रमको सन्चालन महासचिब निमु शेर्पाले गरेकी थिइन् ।

       लगभग ३ घण्टाको औपचारिक कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब पुर्ण शेर्पाले पेश गरेको थियो । यस वर्ष संस्थामा थप १० जना नयाँ आजिवन सदस्य थपिनुका साथै थप नयाँ सदस्य बन्ने आश्वासन पनि पाएका थियौ । संस्थाको तर्फबाट विभिन्न कार्यक्रमहरुमा सहभागी स्याब्रु नृत्य गर्ने १८ जना कलाकार, माध्यमिक शिक्षा परिक्षा(१० कक्षा)-२०७४ मा जिल्लाको उत्कृष्ट अंक ल्याउने शेर्पा विद्यार्थी फुरटाशी शेर्पा (GPA 3.60), उच्च शिक्षा माध्यमिक तह(PLUS 2)-२०७५ मा उत्कृष्ट अंक ल्याउने छात्रा पासाङ डोमा शेर्पा (CGPA 3.07) र छात्र फुर्तेन्जी शेर्पा (CGPA 3.56)लाई छात्राबृत्ती रकम हस्तान्तरण सहित सम्मान गरेका थियौ । यसै संस्थाको लोगो बिश्को सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा फहराएकोमा संस्थाको कार्यसमिती सद्स्य मिङमा तेम्बा शेर्पा, यही संस्था मार्फत वार्षिक उच्च शिक्षा माध्यमिक तहका एक-एक शेर्पा छात्रा-छात्र लाई छात्राबृत्ती रकम दिनुहुने संरक्षक तथा युवा समाजसेवी पासाङ तेन्डी शेर्पा र २०१८ को मिस मंगोल बिजेता सुश्री जाङमु शेर्पालाई कार्यक्रममा सम्मान गरेका थियौ ।

        मन्तब्यको क्रममा युवा समाजसेवी पासाङ तेन्डिले आफुले जिल्लाको साक्षरतामा केहि मात्रामा भएपनी योगदान पुगोस् भनि छात्राबृती दिन थालेको बताउनु भएको थियो भने संस्थाका सल्लाकारहरु सबैले हालको कार्यसमितिले गरेको कामको प्रशंसा गर्दै यसरी नै अगाडी बढ्न प्रोत्साहन गरेका थिए । कार्यक्रममा धेरैले संस्थाको सफल कार्यकालको कामना गर्दै आफ्नो तर्फबाट हुनसक्ने सहयोगको वचन दिनुभएको थियो । यसैगरी प्रमुख-अतिथीले सकारात्मक र नकारात्मक दुबै कुरा सुनेर बुझेर कार्यसमितिलाई अघी बढ्नलाई सल्लाह दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा संस्थाको अध्यक्षले सबैले गरेको सहयोगको प्रश्ंसा गर्दै अफु सबैको सल्लाह र सुझावका आधारमा संस्थालाई अगाडी बढाउने प्रतिवध्ता जाहेर गर्दै उपस्थित सबैलाई हृदय देखी नै आभार प्रकट गरी कार्यक्रम समाप्तिको घोषणा गर्नु भएको थियो ।