Email Us : sherpakiduksankhuwasava@gmail.com
21Mar

१४औं बार्षिक साधारण सभा सम्पन्न

२०७७ चैत ८ आइतबार, काठमाडौं

यस संस्थाको १४औं बार्षिक साधारण सभा संस्थाको अध्यक्ष पासाङ फुर्बा शेर्पाको सभापतित्व र संस्थापक अध्यक्ष पासाङ शेर्पाज्यूको प्रमुख अतिथ्यमा स्मार्ट क्याफे धुम्बाराहीमा हिजो सुसम्पन्न गरियो। कार्यक्रममा संस्थासंग आवद्ध व्यतित्वहरुको उपस्थिति रहेको थियो ।संस्थाको उपाध्यक्ष शान्ता शेर्पाले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गरिएपछि कार्यक्रमलाई सञ्चालन महासचिव पुर्ण शेर्पाले गर्नुभएको थियो। यस संस्थाले अघिल्लो बर्ष (१३ औं साधारण सभा)देखि आजको मितीसम्म गरिएका सम्पूर्ण कार्यक्रम र यसका आय व्ययका आर्थिक विवरणहरुको प्रतिवेदन सचिव दावा साङ्गे शेर्पाले उपस्थित सबैसामु प्रस्तुत गर्नुभएको थियो। यसमा आएका जिज्ञास र सुझावहरुको सम्बन्धित व्यक्तिहरुले नै प्रतिउत्तर दिनुभएको थियो।

कार्यक्रममा युवा समाजसेवी उपाध्यक्ष मिङमा दोर्जि शेर्पाको अगुवाईमा मकालु गाँउपालिका वडा नं. २ मा निर्माण प्रक्रिया अघि बढिरहेको गुम्बाको निर्माण र यसमा आवश्यक पर्न सक्ने भावि सहयोगको लागि पनि संक्षिप्तमा जानकारी गराएको थियो।

प्रमुख अतिथीज्यूले यस संस्थाले अहिले सम्पूर्ण जिल्लाबासिलाई सुख दु:खमा एक भई अघि बढन् पहल गरेको र यो सबै संघ संस्थाको लागि एक उदाहरण बन्न सफल भएको महशुस आफूले गरेको बताउनु भयो । उहाँले संस्थालाई आवश्यक तत्कालिन एवम् दिर्घकालिन कार्यक्रममा आफू सहकार्य र सहयोगका लागि सदैब तत्पर रहने पनि बताउनु भयो। अब हुने जनगणना २०७८ लाई हामीले महत्वका साथ लिनुपर्ने सुझाव दिदैं आफू स्थापनाकाल देखि नै आवद्ध यस संस्थाको कार्यक्रममा उपस्थित हुन पाउँदा सधै खुशी लाग्ने बताउनु भएको थियो। यसै कार्यक्रममा विश्वकै दोस्रो अग्लो हिमाल के टु (Mt. K2)हिउँदो याममा पहिलो पटक आरोहण गर्न सफल १० जनाको समुहमा रहेका संखुवासभा जिल्लाका ३ जना शेर्पाहरु क्रमश: मिङमा तेन्जी शेर्पा, सोना शेर्पा र दावा तेम्बा शेर्पालाई पनि ताम्रापत्रद्वारा सम्मान गरिएको थियो। यसै अवसरमा उपस्थित सबैलाई संस्थामा भएको कार्यसमिति फेरबदलको पनि औपचारिक जानकारी गराएको थियो जसमा महासचिव निमु शेर्पा कार्य व्यस्तताले गर्दा बिधाई लिएपछि उहाँको स्थानमा सचिव पूर्ण शेर्पा र पूर्ण शेर्पाको स्थानमा दावा साङगे शेर्पालाई(सचिवमा) र अनु शेर्पालाई सहकोषाध्यक्षमा नियुक्त गरिएको थियो। कार्यक्रममा केहि व्यक्ति संस्थाको सदस्य बन्नुभएको छ जुन हामी संस्थाको वेबसाइटमा आधिकारिक रुपमा राख्ने नै छौं।

कार्यक्रमको अन्तमा सभापतिज्यूले समय र परिस्थितिले गर्दा कार्यक्रम बृहत रुपमा गर्न नपाए पनि निरन्तर रुपमा संस्थाको उद्देश्य प्रप्तिको लागि आफू र कार्यसमिति लागि पर्ने बताउनु भएको थियो । उहाँले हिउँदो याममा विश्वको दोस्रो अग्लो हिमाल Mt. K2 आरोहण गरि नयाँ किर्तिमान राखी सम्पूर्ण जिल्लाबासी, शेर्पा समुदाय र नेपालीको नाम अझ उच्च पार्नु भएकोमा सफल आरोहिहरुलाई हार्दिक बधाई र शुभकामना दिनुभयो ।अन्तमा कार्यक्रममा उपस्थित सबैलाई आफ्नो अमुल्य समय र सुझावको लागि धन्यवाद दिदै भावी दिनहरुमा पनि सबैको साथ र सहयोगको अपेक्षा राखेको बताउँदै कार्यक्रम समाप्तिको घोषणा गर्नुभयो।