शेर्पा किदुक संखुवासभाको वर्षिक साधारण सभा सम्पन्न
काठमाडौ(शनिबार २६ फागुन), शेर्पा किदुक संखुवासभाको एघारौं वार्षिक साधारण सभा गत शनिबार सफलता पुर्वक सु-सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष पासाङ फुर्बा शेर्पाको सभापतित्वमा गरिएको थियो भने प्रमुख अतिथी संस्थाको संस्थापक-अध्यक्ष एवम् पूर्व सभासद पासाङ शेर्पाज्यु हुनुहुन्थियो । बिषेश अतिथीमा निम्ताएका चिचिला गाउँपालिकाका प्रमुख पासाङ नुर्बु शेर्पा काम बिशेषले अनुपस्थित् रहेता पनि अन्य बिषेश अतिथी मकालु गाउँपालिका वडा १ का अध्यक्ष ओङदी छिरिङ शेर्पा तथा युवा समाजसेवी एवम पर्यटन व्यवसायि मिङ्मा शेर्पा आफ्नो कार्य व्यस्ततालाई थाति राखि कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाएको थियो । त्यस्तै गरि विभिन्न संघ संस्थाको अगुवाई गर्दै अएका चिरपरिचित प्रतिनिधिहरु पनि उल्लेख्य रुपमा कार्यक्रममा उपस्थित भएका थिए ।
कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष शान्ता शेर्पाले स्वागत-मन्तव्यद्वरा स्वागत गरेको थियो भने कार्यक्रम सन्चालन महासचिब निमु शेर्पाले गरेको थियो । लगभग ५ घण्टाको औपचारिक कार्यक्रममा संस्थाको वर्षिक प्रतिबेदन पेश गर्दै त्यस सम्बन्धी छलफल राखिएको थियो भने कति पुरानो सदस्यहरुले बिगतका दिनहरुमा भएका त्रुटिहरुलाई औंल्याउदै सच्याउन आग्रह गरेका थिए, जसमा सबै पक्ष निस्कर्षमा पुग्न पुराना कार्यसमितिका पदाधिकारीहरुद्वरा पूर्ण सहयोग प्राप्त भएको थियो । यस वर्ष हामिले थप ८ जना संरक्षक र २२ जना नयाँ आजिवन सदस्य थप गर्न सफल भएका छौ भने धेरै जना छिट्टै बन्ने आश्वासन पनि पाएका छौं । कार्यक्रममा धेरैले सफल कार्यकालको कामना गर्दै आफ्नो तर्फबाट हुनसक्ने सक्दो सहयोग गर्न पछि नहट्ने वचन दिनुभएको थियो । संस्थाको तर्फबाट २१४५ स फो खि ल्हो ल्होसारका विभिन्न कार्यक्रमहरुमा सहभागी स्याब्रु नृत्य गर्ने कलाकार, स्याब्रु नृत्य प्रशिक्षक, ल्होसार पिकनिक कार्यक्रम सन्चालिका, माध्यमिक शिक्षा परिक्षा(१० कक्षा)मा जिल्लाको उत्कृष्ट अंक ल्याउने शेर्पा विद्यार्थी र संघिय गणतन्त्र नेपालको नयाँ संरचनमा गाउँपालिका प्रमुख र वडा प्रमुखमा विजयी हुनुभएका सबैलाई सम्म्मान गरेका थियौं ।
कार्यक्रमको अन्तरालमा संस्थाका पुर्व सचिब एवम् आजिवन सदस्य पेम्वा शेर्पाले संस्थालाई १,००,०००/-(अक्षरमा:एक लाख)सहयोग गर्ने वचन दिएको थियो भने संस्थाको संरक्षक लाक्पा शेर्पाले पनि ५,००,०००/-(अक्षरमा:पाँच लाख) सहयोगको घोषणा गर्नु भएको थियो । त्यसैगरी उपस्थित अतिथिको समुहबाट पनि संस्थाको हितको लागि र अगाडी बढनलाई सहि मार्गदर्शनको पहिचान गर्न/गराउन आ-आफ्नो तर्फबाट अमुल्य सल्लाह र सुझावहरु दिनु भएको थियो । प्रमुख अतिथिले हालको कार्यसमितिको उपलब्धिको प्रसंशा गर्दै संस्थालाई यस उचाईमा ल्याउन सबैको उत्तिकै योगदान रहेको सम्झिदै सबैलाई सल्लाह र सुझाव अनुसार अघि बढ्न आग्रह गरे । अन्तमा सभाध्यक्षले कार्यक्रममा उपस्थित सबैलाई हृदय देखी नै धन्यवाद दिदै आफु र पुरा कार्यसमिती संस्था र समाजको हितको लागि नै खट्ने सोच राखी संस्थामा बसेको हुनाले आँउदो दिनहरुमा पनि सबैको पुर्ण सहयोग र समर्थन् प्रप्त गर्ने बिश्वास लिई कार्यक्रम समाप्त भएको घोषणा गर्नु भयो ।