Email Us : sherpakiduksankhuwasava@gmail.com
04Jul

मृगौला बिरामीलाई थप आर्थिक सहयोग

(२० अषाढ २०७७, काठमाडौ),

संखुवासभा, मकालु गाउँपालिका - २ का मृगौला बिरामी पेमा छिरिङ शेर्पा (बर्ष १८)को दुबै मृगौला फेल भएकाे र बिरामीको परिवारको आर्थिक अवस्था निकै नै कम्जोर भएकाेले उहाँलाई यसै संस्थाले रु. ५०,०००/-(अक्षरेपी पचास हजार मात्र) तत्काल सहयोग गरेको जानकारी गराएका थियौ । यसै समाचारलाई अध्ययन गरि सिंगापुर निवासी श्री इन्द्र बहादुर गुरुङज्यू बाट रु.१०,०००/- (अक्षरेपी दश हजार मात्र) र आरुबारि निवासी श्री मिङ्मा शेर्पाज्यू बाट रु ५,०००/- (अक्षरेपी पाँच हजार मात्र) गरि जम्मा रु १५,०००/- (अक्षरेपी पन्ध्र हजार मात्र) थप आर्थिक सहयोग यस किदुक मार्फत सम्बन्धित बिरामीलाई हस्तान्तरण गरियो । सहयोगि दाताहरुलाई यस किदुक र बिरामी दुबैको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।