आर्थिक सहयोग
३० फाल्गुन २०७६,
संखुवासभा, मकालु गाउँपालिका २ का पेमा छिरिङ शेर्पा(वर्ष १८)को काठमाडौंको हेल्पिङ्ग हेण्डस सामुदायिक अस्पताल - चाबहिलमा लगभग एक हप्ता आइ.सी.यु(ICU)मा राखी उपचार गरी करीब ११ दिनको अस्पतालको उपचार पछी गाउँ फर्किएको छ । बिरामिको उपचार हुँदै गर्दा बुवा आङ दावा शेर्पालाई डाक्टरले बिरामीको दुबै मृगौला फेल भएको र अन्य थप स्वास्थ्य समस्याहरु पनि देखा परेको र उपचारको सम्भावना कम र पैसा पनि धेरै लाग्ने जानकारी आएपछी आफ्नो आर्थिक अवस्था कमजोर भएकोले यस किदुक समक्ष आफ्नो छोरालाई गाउँमै फर्काएर लैजाने व्यवस्थापन गरिदिन र हस्पिटलको केहि तिर्न बाँकि नगद सहयोगको लागि अनुरोध गरेको थियो । यस बिषयमा सबै कार्यसमितीले तत्काल छलफल गरी सबैको सल्लाह र सहमतिमा बिरामिलाई केहि राहत पुगोस भनी रु.५०,०००/- (अक्षेरुपी - पचास हजार मात्र) यस संस्था मार्फत सहयोग गरेका थियौ ।