Email Us : sherpakiduksankhuwasava@gmail.com
16Jun

आर्थिक सहयोग

(२ अषाढ २०७७)
विश्व नै अहिले कोरनाको माहामारिबाट नराम्रो सँग प्रभावित भएका छन । यसमा पनि अझ पर्यटन व्यवसायमा निर्भर व्यक्ती र तीनका परिवार यस व्यवसायको मुख्य सिजनमा भएको शुन्य करोबारले बढी मात्रामा मारमा परेको देखिन्छ । यस्तै समस्यामा परेका व्यक्ती निमा तेन्जिन शेर्पा (मकालु गा.पा. २)लाई तत्काल सहयोग गर्नु पर्ने खबर पाएका थियौ । निमा तेन्जिन गत मंसिर २०७६ मा बसिरहेकै बेला अचानक अचेत भई एक हप्ता सम्म होश नआएको र दुई तीन पटक यस्तै अचेत हुने बिरामी भएको रहेछ । परिवारका तिनै सदस्य श्रीमती र कक्षा ३ मा पढ्ने दुईजना बच्चाहरु बिरामीकै भरमा भएको देखियो । हालको लकडाउन र बिरामीको उपचारमा भएको थप खर्चले उनिहरुलाई यस्तो आर्थिक समस्या पर्न आएको देखिन्छ । परिवारको अवस्था र परिस्थितिलाई अध्ययन गरी यस संस्थाको पहलमा रु.७३,५००/-(अक्षरेपी त्रिहत्तर हजार पाँच सय मात्र) आर्थिक सहयोग जुटाइ हस्तान्तरण गरेका छौ । सम्पूर्ण सहयोगी दाताहरुलाई हृदय देखी नै धन्यवाद दिदै वहाँहरुको नाम तल उल्लेख गर्न चाहन्छौं ।

  • मिङमा तेन्जी शेर्पा (बिरामीको भाइ) रु.३०,०००/-
  • सेभेन समिट ट्रेक्स प्रा.लि. रु.२०,०००/-
  • दावा शेर्पा (कोषाध्यक्ष) रु.५,०००/-
  • पेमाछिरिङ शेर्पा (सदस्य) रु.५,०००/-
  • लाक्पा वान्दी शेर्पा (सदस्य) रु.५,०००/-
  • मिङमा शेर्पा (उपाध्यक्ष) रु.२,०००/-
  • निमु शेर्पा (महासचिव) रु.२,०००/-
  • पूर्ण शेर्पा (सचिव) रु.२,०००/-
  • शान्ता शेर्पा (उपाध्यक्ष) रु.१,०००/-
  • मिङतेम्बा शेर्पा (यस संस्थाको आजिवन सदस्य) रु.१,५००/-

हस्तान्तरण गरेको जम्मा रकम रु.७३,५००/-(अक्षरेपी त्रिहत्तर हजार पाँच सय मात्र)