Email Us : sherpakiduksankhuwasava@gmail.com
23Dec

डुक्पा शेर्पालाई आर्थिक सहयोग

८ पौष २०७७, काठमाडौं,
मकालु गाउँपालिका २ का डुक्पा शेर्पा(बर्ष ५८) कलेजोको स्वस्थ्य समस्यबाट ग्रस्त भएपछि उपचारका लागि काठमाडौं आएको खबर हामीले यस संस्थाको आजीवन सदस्य छोपल शेर्पाज्यू(मकालु गा.पा.२) बाट पाएका थियौं। बिरामी डुक्पा शेर्पा, उहाँको परिवार र डाक्टर संग हेल्पिङ हैण्ड सामुदायीक अस्पताल - चाबाहिलमा केहि दिनको अन्तरालको भेटघाट र टेलिफोन सम्पर्क मार्फत हामीले बिरामीको स्वस्थ्य स्थिति र सम्भावित उपचारका लागि भइरहेका प्रयास बुझिरहेका थियौं र बिरामीको स्वस्थ्य समस्य र नाजुक आर्थिक अवस्थाको बारेमा पनि मौखिक जानकारी समुदायमा दिदै गएका थियौं। करिब एक हप्ता जतिको लगातर गरिएका आवश्यक परिक्षणहरुको रिपोर्ट पछि डाक्टरले बिरामीलाई गाउँमै लगेर औंषधी खुवाउँदा आर्थिक एवम् स्वास्थ्य अवस्थाको परिस्थितले पनि उपयुक्त हुने जानकारी गराउनु भएको थियो । यसै अनुरुप आज मिती २०७७ पुष ८ गते बुधबार बिरामी डुक्पा शेर्पा, वहाँको श्रीमती किपा शेर्पा र बिरामी कुरुवा मिङमा दोर्चि शेर्पा(भतिजा)लाई हाम्रो संस्थाको तर्फबाट घर फर्किन काठमाडौ देखि तुम्लिङटार सम्मको हवाईजहाज भाडा रु.१६,९६५/- र तुम्लिङटार देखि चम्लिङ खर्क सम्म जिप रिजर्भ गरि जान रु.१०,०००/- गरि कुल जम्मा रु.२६,९६५/-(अक्षरेपि :- छब्बीस हजार नौं सय पैसठ्ठी रुपैयाँ) सहयोग गरेको यहाँहरु सबैमा जानकारी गराउन चाहन्छौं। साथै हाम्रै समुदायका विभिन्न व्यक्तिहरुले पनि वहाँलाई आर्थिक सहयोग गरेका खबर हामीलाई दिनुभएको छ भने यसै संस्थाका आजीवन सदस्य पेम्बा शेर्पा(मकालु २)ले रु. ५,०००/- र लाक्पा नुर्बु शेर्पा(मकालु २)ले रु ५,०००/- यसै संस्था मार्फत बिरामीलाई सहयोग गरिएको छ। साथै समाजसेवी उङ्दी छिरिङ शेर्पाज्यूले पनि बिरामीको उपचारको लागत रकममा १५% छुटको लागि पहल गरिदिनु भएकोमा हाम्रो संस्था हाँ प्रति पनि आभार व्यक्त गर्दछौं।