मुटुको बिरामिलाइ आर्थिक सहयोग
(१३ भाद्र २०७७, काठमाडौं ) संखुवासभा, मकालु गाँउपालिका १ हाल थलि काठमाडौं निवासि किपा शेर्पा(बर्ष ४१)को मुटुको दुइपटक अप्रेशन भैसकेता पनि अझ समस्या कम नभएको र पुन: तेस्रो पटक अप्रेशन पनि अत्यन्तै जोखिम रहेको डाक्टरले जनकारी गराए पछी उनि समस्यामा परेका छन । आफुले यतिको प्रयास वबजुत पनि मुटुको समस्या कम नभए पछी हालको यस परिस्थितिमा किदुकलाई सहयोगको लागी आफै अनुरोध गर्नु बाहेक अरु बिकल्प अफुसँग नरहेको जनकारी गराएका छन । अझै उनि दैनिक औषधि सेवान गरिरहेका छन्, जुन तत्काललाई दुखाई कम गर्ने र थप समस्याहरु नहोस भन्नु नै हो । हालको परिस्थितिमा बेरोजगारी र बिरामी दुबैको कारण आर्थिक अभाव झेल्नु परेको हुँदा औषधि सेवान गर्न समेत समस्या परेको उनले दुखेसो पोखिन । उहाँको अवस्थालाइ हामिले अध्यान गरि सहयोग गर्नु पर्नेनै अवस्था देखिएपछी यस किदुक बाट मिति २०७७ भाद्र ६ गते रु १०,०००/- (अक्षरेपि दस हजार मात्र) बिरामि स्वायमलाइ हस्तान्तरण गरेका छौ । यसबाट बिरामीलाई केहि राहत पुग्ने विश्वासका साथ शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।