२१४६औं सा मो फाग ल्हो ल्होसार पिकनिक सम्पन्न
काठमाडौं फागुन ३,
यस संस्थाको आयोजनामा बर्षिक रुपमा मनाउदै आएको ल्होसार पिकनिक कार्यक्रम करिब १००० जना जतिको सहभागितमा कुन्डलिनी दरबार ब्यङ्क्वैट - च्प्पलकारखानमा भब्यताका साथ सुसम्पन्न गरियो । कार्यक्रमको शुरुवात स्याप्रु नृत्य बाट गरेको थियो भने यस सालको ल्होसार गुथुकमा दोश्रो स्थान लिन सफल किमाथंका समुहबाट पनि स्याप्रु प्रस्तुत गरेका थिए । यस्तै गरी संखुवासभाकै परिचित गायक कमलिकान्त भेटुवालले पनि "झाम्के गुलेलि" बोलको आफ्नो गितबाट सबैलाई नचाएका थिए ।स्याप्रु नृत्यको संयोजक क्रमश: पसी शेर्पा र तेम्वा नावाले गरेका थिए भने लाक्पा शेर्पाले पनि टुंग्नाको लयमा आफ्नो कला प्रस्तुत गरेका थिए साथसाथै धेरै जिल्ला बासिको उपस्थितिलाई मध्यनजर गरी यस सालको मिस मंगोल विजेता सुश्री जाङ्मु शेर्पालाई पनि सिंगो शेर्पा समुदाय र जिल्लावासिको सान बढाएकोमा बधाई सहित सफलताको शुभकामना दिइयो । । संस्थाले गत बर्षको अनुभाव र धेरैको सुझावका आधारमा यस साल कुनै औपाचारिक कार्यक्रम र भाषाणहरु भने राखेको थिएन । आयोजक र सहभागी सबैको उदेश्य रमाइलो गर्ने नै रहेकोले करिब ४ बजे तिरै डिजे शेसन शुरु गरेका थिए ।
यस सालको लक्की ड्र कुपन मार्फत पाउने ल्यापटप कम्प्युटर - कुपन नंबर ४९१ को खरिदकर्ता लिमा शेर्पाज्युलाई परेको थियो जुन वहाँले कार्यक्रममै पुन: संस्थाकै लागी हस्तान्तरण गरिदिनु भएको थिए ।
समग्रमा भन्नु पर्दा कार्यक्रममा उपस्थित सबैले भरपुर मनोरन्जनका साथ यससालको ल्होसार पिकनिकलाई सफल पारिदिएका थिए ।