निमा टि. शेर्पालाई ईन्टरनेशनल बिजनेश अनर
हाल अमेरिकामा एम. बि. ए. अध्ययनरत निमा टि. शेर्पाले अन्तराष्ट्रिय बाणिज्य सम्मान प्राप्त गरेको छ l डेल्टा मु डेल्टा, इन्टरनेसनल अनर सोसाइटी इन बिजिनेस(Delta Mu Delta, International Honor Society in Business), नामक सस्थाले प्रदान गर्ने उक्त सम्मान सगै शेर्पा सो समाजको आजिवन सदस्य भएको हो l डेल्टा मु डेल्टा सम्बद्ध बिश्वबिद्यालयहरुमा बिजिनेस अध्ययन गर्ने बिद्यार्थीहरु मध्ये उत्कृष्ट शैक्षिक रेकर्ड भएका बिद्यार्थीहरुले मात्रै यो सस्थाको सदस्य बन्ने अवसर प्राप्त गर्छन l शेर्पा, एसल्याण्ड युनिभर्सिटी डज कलेज अफ़ बिजिनेस एण्ड इकोनोमिक्स(Ashland University Dauch College of Business and economics) बाट यो समाजको आजिवन सदस्य बन्न सफल भएका हुन l शेर्पाको अनुसार, "बिजिनेस अध्ययन गर्ने बिद्यार्थीहरु मध्ये टप १० प्रतिशतमा पर्ने बिद्यार्थीहरु मात्रै यो सस्थाको सदस्य बन्न पाउँछन् l "
डेल्टा मु डेल्टा सन् १९१३ मा, हार्वर्ड, एल र न्युयोर्क बिश्वबिद्यालयका प्राध्यापकहरुद्वारा बिजिनेस अध्ययन गर्ने सर्वोत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान गर्न स्थापित सस्था हो l "पुर्ण ज्ञान, शक्ति " भन्ने आदर्श भएको यो सस्थाका सदस्यहरु आफैमा सर्वोत्कृष्ट र सम्मानित सूचकका रुपमा चिनिन्छन, भने यो सम्मान बिजिनेस अध्ययन गर्ने बिद्यार्थीहरुले आर्जन गर्ने सबै भन्दा उच्च तहको सम्मान हो l
मकालु गाऊँपालिका-२, संखुवासभा स्थायी घर भएका शेर्पा, समुदाय भित्र र बाहिर बौद्धिक तथा शैक्षिक व्यक्तित्वका रुपमा चिनिन्छ l
अध्ययनमा तेजिलो मानिने शेर्पा, स्कुल, र प्लस टु टप हुदै त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत बि. बि. ए. आठौ सेमेस्टर २०१५(Tribhuvan University BBA 8th semester 2015) को टपर समेत हुन् l