Email Us : sherpakiduksankhuwasava@gmail.com
29Sep

निमा तेन्जिन शेर्पालाई थप आर्थिक सहयोग

यस संस्थाको पहलमा गएको अषाढको पहिलो हप्तामा निमा तेन्जिन शेर्पा(मकालु २, संखुवासभा हाल मुलपानि थलि, काठमाडौं)लाई आर्थिक सहयोग गरेको खबर हामीले संस्थाको वेबसाईट र संस्थाकै आधिकारीक फेसबुक पेज मार्फत सार्वजनिक गरेका थियौ। यस खबरलाई आधार मानि युवा समाजसेवी एवम् यस संस्थाका संरक्षक आङ दावा शेर्पाज्यूले वहॉंलाई थप रु.१०,०००/-(अक्षरेपी दश हजार मात्र)आर्थिक सहयोग पठाउनु भएको छ जुन हाम्रो संस्थाका प्रतिनिधि मार्फत २०७७ असोज ७ गते नै वहॉंलाई हस्तान्तरण गरिसकेका छौं। सहयोगी दातालाई धन्यवाद दिन चाहान्छौं।