Email Us : sherpakiduksankhuwasava@gmail.com
12Sep

मृगौलाको स्वास्थ्य समस्याबाट पीडितलाई आर्थिक सहयोग

२०७७ भदौ २७, काठमाडौ,
यस संस्थाको स्थापना काल देखिनै बिभिन्न समस्यामा रहेका जिल्लाबासिहरुलाई सक्दो सहयोगको पहल गर्दै आएको यहाँहरुलाई थाहै छ । यसै क्रममा मृगौलाको स्वास्थ्य समस्याबाट पीडित मकालु गाँउपालिका २, संखुवसभाका फुर्बा शेर्पा(महिला, बर्ष ५५)को गत भदौ १९ गते शुक्रबार खङ्ग्री ईन्टरनेशनल अस्पताल - जोरपाटी, बौद्धमा मृगौलाको अप्रेशन गरिएको खबर दिदै उहाँकी छोरी(दिदिको छोरी) निमा खाङडु शेर्पाले किदुकबाट सहयोग गर्न अनुरोध गर्नुभएको थियो । यस संबन्धमा किदुकका कार्यसमितिको तत्काल छलफल गरी हामिले रु ३०,०००/- (अक्षरेपी तिस हजार रुपैयाँ) आज किदुकका प्रतिनिधी पुगी बिरामिलाई शो रकम हस्तान्तरण गरेका छौ । बिरामीको हाल एउटा मात्रै मृगौला रहेको छ र स्वास्थ्यमा क्रमिक सुधार पनि हुँदै गरेको देखिएको छ । नियमित घाँउ सफा गर्न भने अस्पताल नै जानु पर्ने बिरामिको आफ्न्तले बताएको छ । हामी सबै कार्यसमिती वहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।