Email Us : sherpakiduksankhuwasava@gmail.com
26Nov

सहयोग अपिल

(१२ मंसिर २०७७, काठमाडौं) पाथीभरा ७ हाल मकालु गाउॅंपालिका ३, संखुवासभा जिल्लाका आङ छिरीङ शेर्पा भर्खरै २६ बर्षमा मात्र प्रवेश गर्न लागेका छन्। बुवा ललित शेर्पा र आमा फुर्वु खाङडु शेर्पाको कान्छो छोराको रुपमा जन्म लिएका उनको एक दाजु र एक दिदी छन् जो दुबै बिवाहित र बालबच्चा पनि भईसकेका छन्। बुवा ललित शेर्पाको एक दशक अगाडी नै मृत्यु भएपछि आमाले नै घर परिवारको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिईन। छोरा आङ छिरीङले पनि पढदै काम पनि गर्दै आफ्नो जिम्मेवारी बोध गर्दै आमालाई सघाउन थालिसकेका थिए। जब डेढ बर्ष अघि परिवारलाई आङ छिरीङको दुबै मृगौला खराब(फेल) भइसकेको जानकारी पाए तब परिवारमा ठुलो बज्रपात आईपऱ्यो । आमा फुर्वु खाङडुले आफ्नो छोराको उपचारका लागि हरसम्भव उपायहरु अपनाए । छोराको स्याहार, उपचारमा कमि र हेलचक्रयाई नहोस् भनि आफू पनि छोराहरु संगै काठमाडौंको कपनमा बसि उपचारको शुरुवात् गरे र आफ्नो मृगौला छोरालाई दिने पनि निधो गरिन तर उनको मृगौला डाक्टरहरुले परिक्षण पश्चात् दिन नमिल्ने जानकारी पाए पछि उनि झन् तनाबमा परिन्। यता जवान छोराको उपचार पनि निरन्तर गरिरहनु पर्ने, आफ्नो मृगौला पनि छोरालाई दिन नमिल्ने र नयाँ दाताबाट मृगौला प्रत्यारोपण गर्न निकै ठुलो रकम जम्मा गर्नुपर्ने देखिए पछि अन्तिम बिकल्पको बाटो अर्थात् हाम्रो संस्थालाई आर्थिक सहयोग संकलनको लागि निकै ठुलो आशा र भरोसाका साथ अनुरोध गर्न आइपुग्नु भएको छ। हाम्रो संस्था पनि आफ्नो जिल्लाबासी र समुदायको यस्तै सामाजिक समस्यहरुमा सहयोगि दाताहरुको मद्दत लिई सहयोग/सहकार्य गर्दै समुदायको मन र विश्वास जित्दै यहाँसम्म आइपुग्न सफल भएका छौं। यस्ता-यस्तै समस्यामा परेकाहरुलाई सहयोगी दाताहरु संगको सहकार्यमा थुप्रै सहयोगहरु गरेका छौं र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने नै छौं। आङ छिरीङ भाइलाई पनि हामी सबैले सक्दो सहयोग गरि उसको स्वस्थ्य उपचार र नयाँ जीवनको लागि सहयोग गरौ भनि सबैलाई अपिल गर्न चाहान्छौं। सेवा नै धर्म हो, हामी मानव भनेकै एकअर्कामा समस्या आइपर्दा साथ र सहयोग साटसाट गर्नको निम्ती हो। कसलाई के थाहा भोली उहाँलाई जस्तै बज्रपात हाम्रो परिवारमा पनी आइपर्दैन भन्न सकिन्न। तसर्थ उहाँको शिघ्र स्वास्थ्य उपचारको निम्ती यहाँहरुले जुन ठाऊँबाट जे जती सकिन्छ सहयोग गरिदिनुहुन शेर्पा किदुक संखुवासभा परिवार हार्दिक अपिल गर्दछौ । बिरामी संग थप केहि जिज्ञास भए उनकै मोबाइल (९८४१-४८२०८०) मा सम्पर्क गर्न सक्नुहुनेछ साथै हाम्रो यस आर्थिक सहयोग संकलन सम्बन्धमा कुनै प्रश्न भएमा संस्थाका उपाध्यक्ष शान्ता शेर्पा(९८४१४२८७२७ वा ९८१०२४२१५१) लाई सम्पर्क गर्न सक्नुहुनेछ। बिरामी भाइ - आङ छिरीङ शेर्पालाई सहयोग गर्न उनकै निजि बैङ्क खाता ग्लोबल आइएमई बैंक लिमिटेड, सुकेधारा शाखाको बैङ्क खाता नम्बर ९१०७०१००२९८४ मा यहाँहरुले आफूले सक्ने रकम सहयोग गर्न सक्नुहुनेछ।

 

बैङ्क खाता विवरण

Bank Details

आङ छिरीङ शेर्पा                               

Ang Chhiring Sherpa

बैङ्क खाता नम्बर ९१०७०१०००२९८४    

A/c No.9107010002984

ग्लोबल आइएमई बैंक लिमिटेड           

Global IME Bank Ltd.

सुकेधारा शाखा                                   

Sukedhara Branch

स्विफ्ट कोड : GLBBNPKA  

Swift Code: GLBBNPKA