09Mar
क्यान्सर रोगीलाई सहयोग रकम हस्तान्तरण
२०७५ फाल्गुन २५
शेर्पा किदुक संखुवासभा का कार्यसमिती श्री लाक्पा वान्दी शेर्पा "तेन्जी दाई" को नेतृत्वमा क्यान्सर रोगी पेमा वाङ्दी शेर्पा (वर्ष ४१, मकालु गाँउपालिका ३)लाई उठाएको सहयोग रकम नेपाल क्यान्सर अस्पताल सातदोबाटोमै पुगी हस्तान्तरण गर्दै गर्दा यसै संस्थाका कोष-अध्यक्ष मिङमा दोर्जी शेर्पाले संस्थाको नेतृत्व गर्दै सबैको सल्लाह सहमतिमा लोसर पिकनिकमा भएको खुदनाफाबाट रु ८०,००० (अक्षरमा असि हजार रुपैयाँ मात्र) पनि संगै हस्तान्तरण गरियो ।